परिसूचकमा दोहोरो अंकको गिरावट, बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2021-09-26
परिसूचकमा दोहोरो अंकको गिरावट, बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३७१.३१ अंकले ओरालो लाग्दै १५३१५.८८ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३५६.७६ अंकले घट्दै १२१४५.९९ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज युनाईटेड इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयरमूल्य आज ५.४० प्रतिशतले घट्दै प्रतिकित्ता ६३० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ६१.२७ अंकले घट्दै २७५८.४८ बिन्दुमा झर्यो।  यो दिन बजारमा २३३ कम्पनीका १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँमा किनबेच भयो। 

१३ वटा उपसूचकमध्ये आज म्युचुअल फन्डमा हरियाली छायो। यो उपसूचक ०.०३ अंकले बढ्यो। 

बैंकिङ उपसूचक १८.२९ अंकले घटेको आज व्यापार ९८.७४, होटल एण्ड टुरिजम ८८.९७, विकास बैंक १३०.६४, हाइड्रोपावर १३५.०३, वित्त १५६.१७, उत्पादन तथा प्रशोधन ११६.७५, अन्य ४४.१३, लघुवित्त १२०.९९ र लगानी उपूसूचक ३.२३ अंकले घट्यो। 

आज मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। संस्थाको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता १३१ रुपैयाँ कायम भयो। त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ६.०३ र कामना सेवा विकास बैंकको सेयरमूल्य १.९२ प्रतिशतले बढ्यो। 

आज आईसीएफसी फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ८.९८ प्रतिशतले घट्यो। त्यस्तै घलेम्दी हाइड्रोको सेयरमूल्य ७.९६, मल्टीपपर्स फिनान्स कम्पनी ७.६६ र वेष्ट फाइनान्सको सेयरमूल्य ७.६० प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्यालि हाइड्रोको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ३३ करोड ९५ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: