प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

2021-09-26
प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असोज ८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार ०२३ रुपैयाँको १५ प्रतिशत बोनस सेयर र ०.८७ प्रतिशत नगद लाभांस गरी  कुल १५.८७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने ३६करोड २५ लाख ५८ हजार ५५४ रुपैयाँबराबरको बोनस सेयर र ०.८७ प्रतिशतले हुन आउने १ करोड ९० लाख ८२ हजार ०२९ रुपैयाँबराबरको नगद लाभांस(कर प्रयोजनका लागि)रहेका छन् । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।   


Share this with your friends: