प्राइम लाइफद्वारा नयाँ बोनस दर निर्धारण, न्यूनतम ३५ देखि अधिकतम ७५ रुपैयाँ प्रदान गरिने

2021-09-26
प्राइम लाइफद्वारा नयाँ बोनस दर निर्धारण, न्यूनतम ३५ देखि अधिकतम ७५ रुपैयाँ प्रदान गरिने

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ । 
कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ देखि माथिका लागि ७० रुपैयाँ बोनस निर्धारण गरेको छ ।  

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षसम्मका लागि ३६ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ र २५ देखि माथिका लागि ७५ रुपैयाँ निर्धारण गरेको छ ।  

अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गतका १० देखि १४ वर्ष बीमा अवधिका लागि ४० रुयैयाँ, १५ देखि १९ वर्षका लागि ४८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ र २५ देखिमाथिका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ ।  

यसैगरी कम्पनीले प्राइम जीवन उपहार(अग्रिम भुक्तानी तथा सावधिक)बीमालेख अन्तर्गत १६–१५ वर्ष अवधिका लागि ७२ रुपैयाँ बोनसदर कायम गरेको छ ।      

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिबाट असोज ६ गते स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरिएको जनाएको छ । 


Share this with your friends: