प्राइम लाइफको वार्षिक साधारण सभा आज

2021-12-05
प्राइम लाइफको वार्षिक साधारण सभा आज

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुदैँछ । आज(मंसिर १९ गते) काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा कम्पनीको १४ औँ वार्षिक साधारण सभा आयोजना हुदैछ । 

उक्त बैठकमा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर र १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ। 


Share this with your friends: