प्राइम लाइफ इन्स्योरेन्समा ७ जना सञ्चालक निर्वाचित

2021-12-06
प्राइम लाइफ इन्स्योरेन्समा ७ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा ७ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको मंसिर १९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट संस्थापक, सर्वसाधारण र स्वतन्त्र सूमहबाट ७ सञ्चालकहरु निर्वाचित भएका हुन् । 

संस्थापक समूहतर्फबाट निर्वाचित हुनेमा पियुष राज अर्याल, दिपेश अमात्य, डा. सन्तोष अग्रवाल, प्रमिला केसी थापा, सर्वसाधारण समूहबाट राजिव प्रसाद प्याकुरेल,सुरज श्रेष्ठ र स्वतन्त्र समूहबाट डा. रेशम थापा मनोनित भएका हुन् । 


Share this with your friends: