प्राइम कमर्सियल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-12-08
प्राइम कमर्सियल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३८१.९० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ४४३ रुपैयाँ कायम थियो । 

बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ ।


Share this with your friends: