बंगलादेशका सबै उद्योग तथा कलकारखानाहरुमा सामूहिक बीमा अनिवार्य गरिँदै

2021-09-12
बंगलादेशका सबै उद्योग तथा कलकारखानाहरुमा सामूहिक बीमा अनिवार्य गरिँदै

काठमाण्डौ । बंगलादेशका सबै उद्योग तथा कलकारखानाहरुमा सामूहिक बीमा अनिवार्य गरिने भएको छ। बंगलादेशको बीमा नियामक‘द इन्स्योरेन्स डेभलपमेन्ट एण्ड रेगुलेटरी अथोरिटी(आईडीआरए)ले देशको श्रम कानुन अन्तर्गत सबै सबै उद्योग तथा कलकारखानाहरुलाई सामूहिक बीमा अनिवार्य गर्न लागेको हो। 
 
बंगलादेशको उद्योग क्षे त्रमा हालै घटेको दुुखद घटनाका कारण आईडीआरएले यस्तो व्यवस्था गर्न लागेको जनाइएको छ। यसका लागि आईडीआरएले त्यहाँको श्रम तथा रोजगार मन्त्रालयलाई रणनिती कार्यान्वययनको योजना बनाउनका लागि उच्च तहका सरोकारवालाहरुसँग छलफलको माग गर्दै पत्र लेखेको छ। 
 
बंगलादेशको श्रम कानुनमा १०० वा सोभन्दा बढी स्थायी कामदारहरु भएका उद्योग तथा कलकारकाखाहरुले कामदारहरुका लागि अनिवार्य रुपमा सामूहिक बीमा खरिद गर्नुपर्ने व्यवस्था रहेको छ। आईडीआरएका अनुसार सामूहिक बीमा गर्दा उद्योगका मालिकहरुलाई खर्च वहन गर्नका लागि प्रोत्साहित गर्न सामूहिक बीमाको प्रिमियम र आय करमा छुट दिइने गरिएको छ। 
 
आईडीआरएका कार्यकारी निर्देशक तथा प्रवक्ता एसएम सकिल अख्तर भन्छन,‘बंगलादेशका अधिकांस उद्योग तथा कलकारखानाहरु आफ्नै स्वार्थमा रुमल्लिएका छन्। उनीहरुले कामदारको हित र भलाईमा ध्यान दिएको देखिदैन। त्यसैले हामीले सबै उद्योष् तथा कलकारखानाहरुका लागि सामूहिक बीमा अनिवार्य गरेका हौ।’

Share this with your friends: