बजारको गिरावटमा ब्रेक, बीमातर्फ रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2021-10-05
बजारको गिरावटमा ब्रेक, बीमातर्फ रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३०७.६६ अंकले बढ्दै १४६०९.४९ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २६५.६८ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज एलआईसी नेपालको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य ६.११ प्रतिशतले बढ्दै प्रतिकित्ता १९८० रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ३.३२ प्रतिशतले घट्दै प्रतिकित्ता ४८९ रुपैयाँमा सीमित भयो। 

बजारमा अरु के–के भयो ?

निरन्तर ओरालो लागिरहेको सेयर बजारको पहिरो आज थामिएको छ। आज नेप्से परिसूचक ४१.८४ अंकले घट्दै २६१२.६५ बिन्दुमा पुग्यो। यो दिन बजारमा २२३ कम्पनीका ५८ लाख ४२ हजार १३५ कित्ता सेयर २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँमा किनबेच भयो। 

एउटा उपसूचक बाहेक आज अन्य सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक १८.७४ अंकले बढेको आज होटल एण्ड टुरिजम ३६.५, विकास बैंक १४०.९१, हाइड्रोपावर ६०.४४, वित्त ८६.९८, उत्पादन तथा प्रशोधन १०७.७५, अन्य १०.८१, लघुवित्त १३६.४, म्युचुअल फन्ड ०.१३ र लगानी उपसूचक ०.८९ अंकले बढ्यो। व्यापार उपसूचक भने आज ५६.०५ अंकले घट्यो। 

आज तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लाग्यो। मल्टीपपर्स फाइनान्स समता घरेलु लघुवित्त र हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै मैलुङखोला जलविद्युत कम्पनीको सेयरमूल्य ९.९७, सिभिल लघुवित्त ९.९४, छ्याङदी हाइड्रोपावर ९.८९ र जनउत्थान सामूदायिक लघुवित्तको सेयरमूल्य ९.८४ प्रतिशतले बढ्यो। 

आज एनआईसी एशिया लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो। 

यो दिन शिखर इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको संस्थापक सेयरको आज १३ करोड ६६ लाख बढीको सेयर कारोबार भयो। यसैगरी मेरो माइक्रोफाइनान्सको ११ करोड ८६ लाख र हिमालयन डिस्टीलरीको ७ करोड ३४ लाख बढीको सेयर कारोबार भयो।    

 


Share this with your friends: