बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

2021-12-02
बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय बीमा जागरण अभियानअन्तर्गत बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। 

नवक्षितिज कलेज बर्दिबासमा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते बिहान सञ्चालित कार्यक्रममा ७० जना युवा विद्यार्थीको उपस्थिति थियो। कम्पनीका उपक्षेत्रीय प्रमुख लालबहादुर थापाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमाको महत्वबारेमा प्रकाश पारेका थिए। 

ज्ञटद्दढठडघज्ञद्धडद्दछण्हद्दछण्द्यष्शकजबबि।नषज्ञटघठज्ञछण्द्दण्छद्दछण्(ह(द्दछण्।नषज्ञटघठद्धडद्धण्डघद्दछण्हद्दछण्।नष
सिनियर एजेन्सी मेनेजर रोहन घटानीबाट सञ्चालित कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए। 

सोही दिन दिउँसो जनकपुरको मोडेल मल्टिपल कलेजमा सञ्चालित बीमा जागरण कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विद्यार्थीलाई बीमासम्बन्धी प्रशिक्षण दिएका थिए। कार्यक्रममा १३० विद्यार्थीको सहभागिता थियो। 

त्यसैगरी मंसिर १४ गते जेएस मुरारका बहुमुखी क्याम्पस लाहानमा क्याम्पस प्रमुख तुलसीराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका उपक्षेत्रीय प्रमुख लालबहादुर थापा मगरले स्वागत मन्तव्य राखेका थिए। १३० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमासम्बन्धी प्रशिक्षण दिए। कार्यक्रमको सञ्चालन रोहन घटानीले गरेका थिए। 

मंसिर १५ गते त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा पनि कार्यक्रम सम्पन्न भयो। सहायक क्याम्पस प्रमुख सुभाष पाण्डेको अध्यक्षतामा सञ्चालित प्रशिक्षण कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र वरिष्ठ सहायक महाप्रबन्धक प्रशन्तराज धमलाले प्रशिक्षण दिएका थिए। ५० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन उपक्षेत्रीय प्रमुख लालबहादुर थापा मगरले गरेका थिए। 


Share this with your friends: