बेलायत सरकारद्वारा म्यूजिक फेस्टिबलहरु कभर गर्नका लागि १ बिलियन डलरबराबरको पुनर्बीमा स्किम लन्च

2021-08-06
बेलायत सरकारद्वारा म्यूजिक फेस्टिबलहरु कभर गर्नका लागि १ बिलियन डलरबराबरको पुनर्बीमा स्किम लन्च

काठमाण्डौ । बेलायत सरकारले ७५० मिलियन पाउन्ड(१ बिलियन डलर)मूल्य बराबरको पुनर्बीमा स्किम लन्च गरेको छ। बेलायत सरकारले कोरोना महामारीका विरुद्ध लाइभ इभेन्ट्सहरु रद्ध गनुपर्ने जोखिमहरुको कभरका लागि १ बिलियन डलरबराबरको पुनर्बीमा स्किम ल्लाएको हो। 

गत वर्ष बेलायतका बीमकहरुले महामारीको बढ्दो दरसँगै इभेन्टस्हरु रद्ध गर्ने नितीहरुबाट कोरोनाभाइरस कभर हटाएको थियो। जसपश्चात मनोरञ्जन उद्योगको शीर्ष एन्ड्रीउ वेभरले सरकारद्वारा समर्थित स्मिक योजनाको माग गरेको थियो। 

महामारीको दौरान बीमा योजनाहरुको अभावमा फेस्टिबल, कन्सर्ट र प्रदशर्नहरु रद्ध भईरहेका छन्। कलाकार, इभेन्टस् स्टाफ र टिकटकर्ताहरुको स्वास्थ्य जोखिम कम गर्न गरिएका प्रयासहरुका बाबजुत इभेन्टस्हरु रद्ध भईरहेका छन्। 

बीमा सहायत प्रदान गर्न बलोयत सरकारको अनिच्छाका कारण गत जुलाई २०२१ मा वोम्याड नामक म्युजिक फेस्टिबल रद्ध भएको थियो। 
स्किम प्रदान गर्ने विषयमा यतिबेला बेलायत सरकारले लन्डनको लोयड इन्स्योरेन्स मार्केटसँग सहकार्य गरिरहेको बेलायतको वित्त मन्त्रालयले जनाएको छ। 

बेलायतमा सेप्टेम्बरबाट इभेन्ट आयोजनाकर्ताहरुले कोरोना महामारी रोकथाम गर्न सरकारबाट जारी प्रतिबन्धहरुका कारण इभेन्टस्हरु रद्ध गर्नुपरे त्यसका विरुद्ध अतिरिक्त बीमा योजना खरिद गर्न सक्नेछन्। 

यो बीमा योजना लोयड अफ लन्डन, बिज्ले हिसकक्स र म्यूनिख रिबाट खरिद गर्न सकिनेछ र यसमा बेलायत सरकारले पुनर्बीमकको भुमिका निर्वाह गर्नेछ। 

 

 


Share this with your friends: