बैंक अफ काठमाण्डूका कार्डबाहकलाई ‘स्मार्ट दसैं अफर’ मा २०% सम्म नगद फिर्ता

2021-10-01
बैंक अफ काठमाण्डूका कार्डबाहकलाई ‘स्मार्ट दसैं अफर’ मा २०% सम्म नगद फिर्ता

काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडका डेबिट तथा क्रेडिट कार्डबाहकहरुले स्मार्टडोकोको स्मार्ट दसैँ अफरमा २०५ सम्म नगदफिर्ता (क्यासब्याक) पाउने भएका छन्।

नेपालीको महान चाड दसैँलाई लक्षित गरी स्मार्टडोकोले आज असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दसैँ अफरमा बैंकका कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका माध्यमबाट प्रिपेमेन्ट गर्दा २०५ सम्म नगदफिर्ता पाउन सक्नेछन्। बैंकका कार्डबाहकहरुले यस अफरबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा २०५ वा अधिकतम रु।१ हजार ५०० सम्म नगदफिर्ता पाउनेछन्। 

यस अफरमा बैंकका कार्डबाहकहरुले कार्डका माध्यमबाट अनलाइन भुक्तानी गरी २०५ सम्म नगदफिर्तासहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन्। 

बैंकले ९० शाखा कार्यालय, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।


Share this with your friends: