महिला लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-10-10
महिला लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव  गरेको हो । 

बैठकलेले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ५० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी रु १० करोडको ४५ प्रतिशतले हुन आउने ४ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ५० लाख रुपैयाँबराबरको नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन् । 

यो लाभांस राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  


Share this with your friends: