मानुषी लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

2021-09-26
मानुषी लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको आईपीओसहित १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्से र कम्पनीबीच आज(असोज १० गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम सर्वसाधारणका लागि वितरण गरेको ३ लाख ९३ हजार ७५०, संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता गरी कुल १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम असोज ७ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता १३२.६९ रुपैयाँदेखि ३९८.०७ रुपैयाँ तोकेको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ।


Share this with your friends: