मेगा बैंकद्वारा दाङको लमहीमा नयाँ शाखा विस्तार

2021-09-26
मेगा बैंकद्वारा दाङको लमहीमा नयाँ शाखा विस्तार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ। 

लुम्बिनी प्रदेशअन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो। योसँगै बैंकको शाखा संख्या २०० पुगेको छ। 

यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ। निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने तयारी रहेको बैंकले जनाएको छ ।


Share this with your friends: