मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालबीच साझेदारी

2021-11-30
मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालबीच साझेदारी

काठमाण्डौ । मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीहरूको आवश्यकता सम्बोधन गर्न साझेदारी घोषणा गरेका छन् । स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका कर्मचारीहरूले कन्चनपुरका पूर्व हलियाहरूसमेत मोरङ र सप्तरीका २५० परिवारलाई  खाद्य र आधारभूत सरसफाइका  सामग्रीहरू बाँड्नेछन् ।

मेटलाइफ फाउन्डेसनबाट प्राप्त करिब ६ लाख रुपैयाँबाट उक्त परिवारहरूलाई  ह्याबिट्याट फर ह्युम्यानिटीले २ महिनाको लागि चामल, दाल, खाने तेल, नुन लगायत अन्य खाद्य सामग्रीहरू, मास्क, साबुन र अन्य सरसफाइका सामग्रीहरू बाँड्ने भएको हो । ‘कोभिड–१९ को महामारीबीच नेपालका परिवारहरूका आकस्मिक आवश्यकता सम्बोधन गर्न राहतका सामग्रीहरू वितरण गर्ने काम जारी राखेको छ । ह्याबिट्याट फर ह्युम्यानिटी नेपालसँगको साझेदारीबाट हामीले देशका  विपन्न परिवारहरूको पीडा कम गर्न र अझ बलियो समुदाय निर्माण गर्ने सक्नेछौं भन्ने आशा लिएका छौं,’ मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने ।


Share this with your friends: