मेट लाइफ नेपाल २१ औँ वर्षमा प्रवेश

2021-12-06
मेट लाइफ नेपाल २१ औँ वर्षमा प्रवेश

काठमाण्डौ । मेट लाइफ नेपाल २१ औँ वर्षमा प्रवेश गरेको छ । २०५८ साल मंसिर महिना २० गते(२००१ डिसेम्बर ५)देखि नेपालमा बीमा व्यवसायको थालनी गरेको मेट लाइफ नेपाल आफ्नो २० औँ वर्ष सफलतापूर्वक पार गरी २१ औँ वर्षमा प्रवेश गरेको हो । 

नेपालमा जीवन व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गर्ने मेट लाइफ पहिलो विदेशी कम्पनी हो । नेपाली बीमा क्षेत्रमा प्रवेश गरेसँगै कम्पनीले आफुलाई सबल र अग्रेणी कम्पनीका रुपमा उभ्याएको छ । कम्पनीले नेपाली ग्राहकको आवश्यकता बुझि नेपाली परिवेश सुदाउँदो बीमा जीवन बीमा, दुर्घटना र स्वास्थ्य बीमा र कर्मचारी सहुलियत बीमा योजनाहरु सञ्चालन गर्दै आईरहेको छ । 

कम्पनीका देशभर रहेका ८ भन्दा बढी बीमा अभिकर्ताहरुले प्रत्येक ग्राहकलाई उनीहरुलाई सुदाउँदो योजना पहिचान गर्न सक्दो सहयोग गरिरहेको कम्पनीले जनाएको छ । 

देशभर कम्पनीका १४ लाख सक्रिय बीमितहरु रहेका छन् । कम्पनीले १२ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । कम्पनीको बीमा कोषको आकार २ खर्ब रुपैयाँको रहेको छ भने अहिलेसम्म कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । त्यस्तै कम्पनीको जगेडा कोषको आकार २ अर्ब ७० करोड रुपैयाँको रहेको छ ।    

आफ्नो २० औँ वार्षिकोत्सवका क्रममा कम्पनीले आफ्नो सम्पूर्ण साझेदार, ग्राहक, नियामक निकाय र शुभ चिन्तकहरुलाई धन्यवाद दिएको छ । 


Share this with your friends: