युनियन लाइफका स्वतन्त्र विज्ञ सञ्चालक शर्माको राजिनामा स्वीकृत, रिक्त पदमा झा नियुक्त

2021-11-30
युनियन लाइफका स्वतन्त्र विज्ञ सञ्चालक शर्माको राजिनामा स्वीकृत, रिक्त पदमा झा नियुक्त

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र विज्ञ सञ्चालक देबी प्रसाद शर्माको राजिनामा स्वीकृत भएको छ । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजिनामा स्वीकृत गरेको हो । 

शर्माले पदिय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने भन्दै राजिनामा दिएका थिए । 

शर्माको राजिनामा पछि रिक्त रहेको स्वतन्त्र विज्ञ सञ्चालक पदमा दिगम्बर झा नियुक्त भएका छन् । उनलाई मंसिर १३ गते बसेको सञ्चालक समितिको सोहि बैठकल स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।


Share this with your friends: