राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न

2021-09-12
राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक सम्पन्न भएको छ । संस्थानको आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक साधारण सभा भदौ २६ गते शनिबारका दिन सम्पन्न भएको हो । 

उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । यस्तै संस्थानको आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिएको छ । 

सभामा सेयरधनी र सञ्चालकहरुका तर्फबाट १/१ जना प्रतिनिधि तोक्ने प्रस्ताव पारित गरिनुका साथै आर्थिक वर्ष २०७२/७३, २०७३/७४ र २०७४/७५ का लागि लेखापरीक्षकको नियुक्त तथा निजको निर्धारण गरिएको पारिश्रमिक अनुमोदन गरिएको छ । 


Share this with your friends: