राष्ट्रिय बीमा कम्पनीद्वारा सीईओ पदका लागि आवेदन माग

2021-11-28
राष्ट्रिय बीमा कम्पनीद्वारा सीईओ पदका लागि आवेदन माग

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि आवेदन माग माग गरेको छ । कम्पनीले रिक्त रहेको सीईओ पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत आवेदन माग गरेको हो । 

इच्छुक आवेदकले बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन, गणित, तथ्यांक शास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्ताकोत्तर गरी व्यवस्थापक तहमा भए बीमा क्षेत्रमा भए कम्तीमा ५ वर्ष वा आर्थिक बैंक वा वित्तीय क्षेत्रमा भए ८ वर्ष तथा दुुवै क्षेत्रमा भए बीमामा १ वर्षको अनुभवसहित कम्तीमा ७ वर्ष अनुभव भएको हुनुपर्नेछ । 

यस्तै चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्यांक शास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक गरी कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १२ वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा १ वर्षको अनुभवसहित कम्तीमा १३ वर्ष अनुभव भएको हुनुपर्नेछ । 

आवेदकको उमेर ६५ वर्ष ननाघेको हुनुपर्नेछ भने सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ ।  


Share this with your friends: