राष्ट्र उत्थान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2021-12-07
राष्ट्र उत्थान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी पुस १५ गते बिहिबारका दिन अपरान्ह १ बजे बनेपामा  रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा राष्ट्र उत्थान लघुवित्त र अन्य उपयुक्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनका लागि उपयुक्त लघुवित्त पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाइ पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्तिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।    


Share this with your friends: