रिलायन्स लाइफद्वारा लाभांस प्रस्ताव

2021-10-05
रिलायन्स लाइफद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आ.व २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँबराबरको नगद लाभांस रहेको छ । कुल लाभांसमध्ये ५ प्रतिशत अर्थात १० करोड ५० लाख नगद र ०.२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय रुपैयाँ कर प्रयोजनका लागि छुट्टाइएको छ । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: