रिलायन्स लाइफले अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने

2021-12-01
रिलायन्स लाइफले अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशव्यापी आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी पुस देखि २०७९ असार मसान्तसम्म देशका विभिन्न स्थानमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्न लागेको हो ।

तालिममा सहभागी हुनका लागि एसइई उत्तीर्ण गरेको र जीवन बीमा अभिकर्ताको रुपमा कार्य गर्न इच्छुक हुनुपर्नेछ । तालिममा सहभागी हुन इच्छुकले कम्पनीको केन्द्रिय कार्यालय वा नजिकको शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।    


Share this with your friends: