रिलायन्स लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

2021-12-05
रिलायन्स लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले चौँथो वार्षिक साधारण सभा डाकेको हो। 
 
बैठकले आगामी पुस ११ गते आइतबारका दिन काठमाण्डौ शंखमुलमा रहेको अनमोल बैंक्वेयटमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 

उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ५.२३६२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गर्ने र यसमा नियमनकारी नियकासबाट कुनै सुझाव वा निर्देशन भएमा सोहि बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विेशष प्रस्ताव गरिनेछ ।  
 
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ। 
 
साधारण सभा तथा नगद लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी मंसिर २६गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ मंसिर २५ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य ठहरिनेछन्।   


Share this with your friends: