रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा पोखरेल नियुक्त

2022-01-28
रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकुत(सीईओ)मा राकेश पोखरेल नियुक्त भएका छन् । 
पोखरेललाई माघ १३ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरिएको हो । उनलाई गत पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ पदमा नियुक्त गर्नका लागि छनोट गरेको थियो । 

राकेश पोखरेललाई सीईओ नियुक्त गर्ने कम्पनीको प्रस्तावलाई बीमा समितिले गत माघ ७ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो । 

नवनियुक्त सीईओ पोखरेल नेपाली वित्त बजार उद्योगमा विगत १३ वर्षदेखि कार्यरत छन् । रिलायन्स लाइफमा सीईओका रुपमा आउनुअघि पोखरेल आरपीएलएस एण्ड एसोसियट्समा चाटर्ड अकाउन्टेन्ट(सीए)का रुपमा कार्यरत थिए । उनी आरपीएलएस एण्ड एसोसियट्सका संस्थापक र म्यानेजिङ पार्टनर समेत हुन् । आरपीएलएस एण्ड एसोसियट्समा कार्यतर हुँदा पोखरेलले व्यवसायका विभिन्न क्षेत्रहरु जस्तै  जलविद्युत,सहकारी,एनजीओ,आइएनजीओ,उत्पादन उद्योग,अस्पताल,स्कुल र आइटी कम्पनी सम्बन्धि आफ्नो अनुभव र ज्ञान बटुलेका थिए । 
पोखरेलसँग आइएमई लाइफ इन्स्योरेन्समा जनरल म्यानेजर तथा व्यवस्थापक प्रमुख,सूर्या लाइफमा डेप्युटी जनरल म्यानेजर तथा व्यवस्थापक प्रमुख र प्राइम लाइफमा आन्तरिक लेखापरीक्षणको प्रमुखका रुपमा काम गरेको अनुभव छ । 

कम्पनीका यसअघिका सीईओ प्रविण रमण पराजुलीको चार वर्षे कार्यकाल पुस १२ गते समाप्त भएको थियो । पराजुलीको कार्यकाल समाप्त भएपछि कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)को जिम्मेवारी निराजन कँडेलले सम्हाल्दै आएका थिए । 


Share this with your friends: