विश्व पुनर्बीमा दरमा भईरहेको वृद्धिले सन् २०२२ मा पनि निरन्तरता पाउने

2021-09-08
विश्व पुनर्बीमा दरमा भईरहेको वृद्धिले सन् २०२२ मा पनि निरन्तरता पाउने

काठमाण्डौ । विश्व पुनर्बीमा दरमा भईरहेको वृद्धिले सन् २०२२ मा पनि निरन्तरता पाउने प्रक्षयेपण गरिएको छ। रेटिङ एजेन्सी मुडिज एनालिस्टले मंगलबार यस्तो जनाएको हो। 

आधिँबेरी,तुफान, बाढीपहिरा आगलागी जस्ता प्राकृतिक प्रकोपका घटनाहरुमा भएको वृद्धि र कोरोना महामारीका कारण पछिल्ला केहि वर्षदेखि विश्व पुनर्बीमा दर वृद्धि भईरहेको छ। 

‘विश्वको पुनर्बीमा दरमा भईरहेको यो वृद्धि(ट्रेन्ड)ले निरन्तरता पाउने हामीले अनुमान लगाएका छौँ। मुडिज इन्स्योरेन्स क्रेडिटकी एनालिीस्ट हेलेना किंग्सले–टमकिन्सले मिडिया ब्रिफिङका क्रममा बताइन्। 

बीमा र पुनर्बीमकहरुले भविष्यमा प्राकृतिक प्रकोपहरुको जोखिमको सामना गर्नुपर्ने र जलवायु परिवर्तनका कारण यसको पुर्वानुमान गर्न कठिन हुने बताइएको छ। यससँगै विश्व अर्थतन्त्र पुनरुत्थान भएसँगै बीमा र पुनर्बीमाको मागमा समेत वृद्धि आईरहेको मुडिजले जनाएको छ। 

विश्वव्यापी आर्थिक पुनरुत्थानका बीच प्रिमियम दरमा भईरहेको वृद्धिलाई उद्धत गर्दै मुडिजले विश्वका पुनर्बीमा कम्पनीहरु स्थिर रहने जनाएको छ। मुडिजले यसअघि विश्वका पुनर्बीमकहरु नकारात्मक अवस्थामा रहने जनाएको थियो। प्रिमियमको हिस्साबाट पुनर्बीमकहरुले बीमा कम्पनीहरुसँग आधिँ र तुफानहरुबाट भएको घाटाहरु साझेदार गर्ने गर्दछन्। 

किंग्सले–टमकिन्सका अनुसार कोरोना महामारीका कारण विश्वभरका बीमा कम्पनीहरुले व्यहोरेको घाटा ३७ बिलियन डलर पुगेको छ। यो घाटा यसअघि अनुमान लगाइएको १०० बिलियन डलरभन्दा निकै कम हो। 

यस्तै अर्को रेटिङ एजेन्सी फिच रेटिङले पनि बढ्दो मूल्य, आर्थिक पुनरुत्थान र महामारीसँग सम्बन्धित घाटाहरुमा आईरहेको कमीका कारण विश्वको पु उद्योगको अवस्था सुधारोन्मुखतर्फ अग्रसर भईरहेको जनाएको छ। 

 

 


Share this with your friends: