शिखर र एनएलजी इन्स्योरेन्सका सीईओहरु प्रबल जनसेवाश्री बाट विभुषित

2021-09-19
शिखर र एनएलजी इन्स्योरेन्सका सीईओहरु प्रबल जनसेवाश्री बाट विभुषित

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका सीईओ सुनिल बल्लभ पन्त संविधान दिवसका अवसरमा विभुषित भएका छन् । 

संविधान दिवस २०७८ का अवसरमा पाण्डे र पन्तलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपनि विद्यादेवि भण्डारीले प्रबल जनसेवाश्री बाट विभुषित गरेकि हुन् । 

बीमा क्षेत्रमा दुई दशक लामो अनुभव बटुलेका दिप प्रकाश पाण्डे वि.स २०७३ देखि शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)का रुपमा कार्यातर छन् । सिईओका रुपमा उनको यो दोस्रो कार्यकाल हो । कम्पनीमा भने उनले आफ्नो यात्राको थालनी महाप्रबन्धकका रुपमा वि.स २०६१ सालमा गरेका थिए । 

शिखर इन्स्योरेन्समा प्रवेश गर्नुअघि पाण्डेले जनरल इन्स्योरेन्समा जनरm म्यानेजरका रुपमा १० वर्ष काम गरेका थिए । 
त्यस्तै वि.स २०७५ असोज देखि एनएलजी इन्स्योरेन्सको सीईओमा कार्यरत सुनिल बल्लभ पन्तसँग पनि बीमा क्षेत्रमा दुई दशक लामो काम गरेको अनुभव रहेको छ । 


Share this with your friends: