शिखर इन्स्योरेन्स १८ औँ वर्षमा प्रवेश

2021-11-19
शिखर इन्स्योरेन्स १८ औँ वर्षमा प्रवेश

काठमाण्डौ। शिखर इन्स्योरेन्स कम्पनी १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ। 

नेपालमा गुणस्तरीय निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिको सक्रियतामा स्थापित यस कम्पनीले आजैका दिन वि.सं. २०६१ मंसिर २ बाट बीमा सेवा प्रदान गरेको थियो। सुरुमा कम्पनी स्थापना गर्दा १० करोडको चुक्तापुँजी भएको कम्पनीको आज १ अर्ब ७५ करोड रुपैयाँको चुक्त पुँजी रहेको छ। 

कम्पनीको पछिल्लो १५ औँ र १६ औँ वार्षिक साधारणसभाबाट पारित ३० प्रतिशत हकप्रद सेयर जारी भएपश्चात कम्पनीको चुक्तापुँजी २ अर्ब २८ करोड पुग्नेछ। 

विगत १७ वर्षदेखि अनवरत रुपमा सेवा प्रदान गर्दै आइरहेको कम्पनीले यस क्रममा बीमाको पहुँच नेपालको विकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ दैलेख, डोटी, डोल्पाजस्ता दूरदराजका जिल्लासहित कुल १०५ शाखा र निकट भविष्यमा थप २० शाखा गरी कुल १२५ शाखा मार्फत सेवा प्रदान गर्न सफल छ। सम्पूर्ण बीमित वर्गको विश्वास र भरोसाको केन्द्र भएका कारण नेपालमा भएका निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ। 

यस अवधिमा कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ। जसमा नेपाल सरकार अर्थ मन्त्रालय, अन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय ललितपुरले आर्थिक बर्ष २०७१÷७२ मा सबैभन्दा बढी कर दाखिाले गर्ने कम्पनीका रुपमा सम्मानपत्र प्रदान गरेको थियो। यसैगरी नेपाल सरकारको ४९ प्रतिशत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी आ।व। २०७५र७६ र आ।व। २०७६र७७ मा निर्जीवन कम्पनीहरुमध्ये पुनर्बीमा शुल्क र दाबीका आधारमा सबैभन्दा बढी नाफामूलक व्यवसाय प्रदान गरेकोमा सम्मानपत्र प्रदान गरेको थियो। 

शिखरले वि।स। २०७१, २०७३, २०७४, २०७६ सालमा न्यु बिजनेस एज संस्थाबाट बेस्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी पुरस्कार प्राप्त गर्न सफल भएको छ। 

नेपालको दूरदराज बिकट जुम्ला, कालिकोट, डोल्पा, मुगुका जनतालाई बर्सेनि मौसमका कारण स्याउखेतीमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सूचकांक बीमालेखमार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपूर्ति प्रदान गरेकै कारण UK Aid funded Adaptation at Scale prize Asia Network for Sustainable Agriculture and Bioresources (ANSAB) द्वारा २०१९ मा ५० हजार पाउन्ड स्ट्रेलिङबराबर पुरष्कार राशि शिखर इन्स्योरेन्सले प्राप्त गरेको छ। २०७२ सालको भूकम्पका कारण सृजित विपत्तिको समयमा भत्किएका संरचनाको पुनर्निर्माणका लागि बीमितको दाबी समयमै भुक्तानी गरी बीमा व्यवसायमा दाबी केन्द्रित गरी बीमितलाई परेको बेला सहयोग गरेमा बीमा बारेको जनचेतना तथा आस्था एवं विश्वास आर्जन गरेमा व्यवसायमा स्वतः बढोत्तरी हुन्छ भन्ने कुरा आज शिखर इन्स्योरेन्स नेपालको अग्रस्थानमा रहनुले प्रमाणित गरेको छ। 

आ।व। २०७७/७८ मा निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी ३ अर्ब ९७ करोडको बीमाशुल्क आर्जन गर्न कम्पनी बन्न सफल कम्पनीले आफ्ना सेयरधनीलाई राम्रो प्रतिफल दिन सफल छ। 

कम्पनीलाई यस उचाइमा पुर्याउन कर्मचारी वर्गको मेहनत र योगदान अतुलनीय रहन्छ। यस अवसरमा कम्पनीमा १० वर्षे कार्यकाल पूरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरिएको छ। हालसम्म कम्पनीमा १० वर्ष कार्याकाल पूरा गरेका कर्मचारीको संख्या ७० पुगेको छ। 

यस अवसरमा कम्पनीको केन्द्रीय कार्यालयमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरियो थियो। जसमा ५६ जना कर्मचारीहरुले रक्तदान गरेका थिए।  


Share this with your friends: