शिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका ५०० बढी निर्माणकर्मीको जोखिम बीमा

2021-12-02
शिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका ५०० बढी निर्माणकर्मीको जोखिम बीमा

काठमाण्डौ। शिवम् सिमेन्ट लिमिटेडले पोखरा सहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा सम्पन्न निर्माण कर्मीहरुसंगको निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रममा ५०० बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ। 

ती कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीका लागि रु। ५ लाखबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बागलुङलगायत जिल्लाका विभिन्न १० स्थानमा ५०० बढी निर्माणकर्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो। 

हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १ हजार ५०० बढी निर्माणकर्मीहरुसँग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरिसकेको छ। ती अन्तर्क्रियामा निर्माणकर्मीहरुलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको कम्पनीले जनाएको छ। 

शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानमा नियमित रुपमा निर्माणकर्मीहरुसँग प्राविधिक अन्तर्क्रिया तथा बीमा कार्यक्रम गर्दै आइरहेको छ। 
पहिलो चरणअन्तर्गत शिवम् सिमेन्टले भदौ तथा असोजमा काठमाण्डौ, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरीलगायतका जिल्लाका विभिन्न १६ स्थानमा १  हजारभन्दा बढी निर्माणकर्मीसँग प्राविधिक अन्तरुक्रिया गरी उनीहरुको जोखिम बीमा गराइसकेको कम्पनी प्रतिनिधिले बताएका छन्। 

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आइरहे हुनाले जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुका लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो। देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तर्क्रियाा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरुका लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो। ती कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरक, उद्योगी, व्यवसायीलगायतका उपस्थिति थियो। 


Share this with your friends: