श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीद्वारा ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन आग्रह

2021-09-26
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीद्वारा ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ५ वर्षभन्दा पुरानो अवितरित लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । श्री इन्भेष्टमेन्ट र मर्जर भई गाभिन आएको साविकको एभरेष्ट फाइनान्स कम्पनीको विभिन्न साधारण सभाहरुबाट पारित भएका ५ वर्षभन्दा बढी अवधिका लाभांस रकम सेयरधनीहरुले हालसम्म पनि लिन नआएकाले उक्त रकम बुझिलिन आग्रह गरेको हो । 

सेयरधनीहरुले आफ्नो परिचय खुल्ने प्रमाणसहित सूचना प्रकाशित भएको ३० दिनभित्र बैंकको डिल्लीबजारमा रहेको केन्द्यि कार्यालयमा सम्पर्क गरी लाभांस रकम लिन सक्नेछन् । 

उल्लेखित मितिभित्र पनि लाभांस रकम बुझिलिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।   


Share this with your friends: