सन् २०२१ को पहिलो ६ महिनामा विनाशकारी घटनाहरुका कारण विश्वभरका बीमकहरुले व्यहोरे ४२ बिलियन डलर घाटा

2021-08-23
सन् २०२१ को पहिलो ६ महिनामा विनाशकारी घटनाहरुका कारण विश्वभरका बीमकहरुले व्यहोरे ४२ बिलियन डलर घाटा

काठमाण्डौ । सन् २०२१ को पहिलो ६ महिनामा विभिन्न विनाशकारी घटनाहरुका कारण विश्वभरका बीमा कम्पनीहरुले ४२ बिलियन डलर घाटा व्यहोरेका छन्। जसमध्ये ४० बिलियन डलर प्राकृतिक प्रकोपका घटनाहरुले निम्त्याएको घाटा हो। हालै प्रकाशित भएको स्विस रि इन्स्टिच्युटको रिपोर्टमा यस्तो देखिएको हो। 

यो वर्षको पहिलो ६ महिनामा देखिएको यो घाटा १० वर्षको औसत घाटा(३३ बिलियन डलर)भन्दा निकै बढी हो। गत फेब्रुअरी महिनामा अमेरिकामा आएको तुफान ‘युरी’ का कारण त्यहाँका बीमा कम्पनीहरुले १५ बिलियन डलरभन्दा धेरै घाटा व्यहोरेका थिए। 

त्यस्तै गत जुन महिनामा पश्चिम क्यानडा र उत्तरपश्चिम अमेरिकामा बढेको अधिक गर्मीका कारण खडेरी र आगलागीका घटना देखिएका थिए। त्यहाँको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा बढी पुगेको थियो। 

जर्मन इन्स्योरेन्स एसोसियसनका अनुसार जुलाई महिनामा जर्मनीमा आएको बाढी पहिरोका बीमकहरुले ५.३ बिलियन देखि ६.५ बिलियन डलरसम्म घाटा व्यहोरेका थिए। 

यसैगरी चीनको हेनन प्रान्तमा आएको बाढीका कारण बीमकहरुलाई १.७ बिलियन डलरबराबरको दाबी परेको थियो। 

 


Share this with your friends: