सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा मोटिभेसन कार्यक्रम सम्पन्न

2021-10-04
सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा मोटिभेसन कार्यक्रम सम्पन्न

काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न ४ छुट्टाछुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ। 

कम्पनीले म्याग्दी, बागलुङ, बुर्तिबाङ र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले उद्घाटन गरेका थिए। 

कार्यक्रममा महाप्रबन्धक गौतमले कम्पनीको स्थापनाकालदेखि नै सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिम र बीमा जागरणसम्बन्धी विभिन्न कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए। 

देशैभर शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ। 


Share this with your friends: