सबैको लघुवित्तद्वारा गत आर्थिक वर्षका लागि लाभांस प्रस्ताव

2021-10-06
सबैको लघुवित्तद्वारा गत आर्थिक वर्षका लागि लाभांस प्रस्ताव

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफबाट हाल कायम रहेको चुक्तापूँजीको ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांस गरी कुल ३२.६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । संस्थाद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी २० करोड ६० लाख २७ हजार २५० रुपैयाँको ३१.०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर र १.६३ प्रतिशतले हुन आउने ३३ लाख ६६ हजार ९८६.८४ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ । 


Share this with your friends: