समता घरेलु लघुवित्तद्वारा बीमा दाबी रकम भुक्तानी

2021-10-07
समता घरेलु लघुवित्तद्वारा बीमा दाबी रकम भुक्तानी

काठमाण्डौ । पर्साको पोखरियास्थित समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले बीमा दाबी रकम भुक्तानी गरेको छ। 

पर्साको विन्दवासनी गाउँपालिका–४ अमरपटीकी सदस्य फुलवन खातुनलाई पतिको निधनपश्चात बीमा दावी रकम उपल्बध गराइएको हो। पोखरिया शाखाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवका अनुसार  शाखाका लेखापाल गोविन्द चौधरीको हातबाट खातुनलाई बीमांक रकम रु।५ हजारबराबरको चेक भुक्तानी गरिएको  हो।

संस्थाले आफना ग्राहक सदस्यको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्यअनुरुप आवश्यकताअनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ। 


Share this with your friends: