सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

2021-10-06
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस  सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी कुुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । बैंकद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँको १० प्रतिशतले हुन आउने २७ करोड ३६ लाख ९७ हजार २४२ रुपैयाँबराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ४४ लाख ५ हजार ११८ रुपैयाँबराबरको नगद लाभांस रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी १७ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ । 


Share this with your friends: