साधना लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-01-28
साधना लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत कात्तिक १३ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस सेयर बुक क्लोज हुँदाका बलतसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो। 

संस्थाले माघ ७ गतेदेखि सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको जनाएको छ । 

बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ। 


Share this with your friends: