सानिमा बैंक अब काठमाण्डौको गोकर्णेश्वरमा

2021-10-05
सानिमा बैंक अब काठमाण्डौको गोकर्णेश्वरमा

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज (असोज १९ गते) काठमाण्डौको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका छन्। 

उद्घाटन समारोहमा मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे। 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। 

सानिमा बैंकका देशका सातै प्रदेशमा १०९ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा छन्। 


Share this with your friends: