सानिमा लाइफमा रोजगारको अवसर

2021-12-01
सानिमा लाइफमा रोजगारको अवसर

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको शाखा तथा उपशाखाहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले भैरहवा, अर्घाखाची, चन्द्रौटा, परासी, लमही, मुर्गिया, तौलिहवा, रामपुर (पाल्पा),कोहलपुर र जुम्लाका लागि शाखा प्रमुख तथा मार्केटिङ अफिसर पदका लागि आवेदन माग गरेको हो । 

उल्लेखित पदमा काम गर्न इच्छुक आवेदकले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी तथा काम गर्न चाहेको कार्यालय खुलाई vacancy@sanimalife.com मा मंसिर २९ गतेसम्म आवेदन दिनुपर्नेछ । 

इच्छुक आवेदकले न्यूनतम स्नातम उत्तीर्ण गरेको हुनपर्नेछ ।


Share this with your friends: