सामलिङ्ग पावर कम्पनीले कात्तिक ४ देखि आईपीओ निष्कासन गर्ने

2021-10-08
सामलिङ्ग पावर कम्पनीले कात्तिक ४ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारी पूँजीको ७ करोड ३०  लाख रुपैयाँबरारको रु.१०० अंकित दरका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६ लाख ७८ हजार ९ सय कित्ता म्युचुअल फन्डका लागि सुरक्षित राखि बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता आम सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो । 
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा कात्तिक ८ गते र ढिलोमा १८ गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका वासिन्दाका लागि ३ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा न।८ र १० तथा माईजोगमाई गाउँपालिका वडा न। ४ र ५ का वासिन्दाहरुका लागि २ लाख कित्ता गरी कुल ५ लाख कित्ता गत भदौ १८ गतेदेखि असोज १ गतेसम्म निष्कासन गरेको थियो । 

कम्पनीलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले ‘इक्रा आइएआर बीबी माइनस रेटिङ प्रदान गरेको छ ।   

 


Share this with your friends: