साहस उर्जाले साउन २९ देखि आईपीओ निष्कासन गर्ने

2021-08-05
साहस उर्जाले साउन २९ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आगामी साउन २९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गते बैंकिङ समयपछि हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गत साउन १४ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा र आम सर्वसाधारणका लागि गरी १ करोड ५ लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको थियो ।


Share this with your friends: