सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ सम्पन्न

2021-12-05
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ सम्पन्न

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडले ‘सिटिजन लिडर्स नाइट’को चौथो संस्करण सम्पन्न गरेको छ । उक्त संस्करण मंसिर १८ गते शुक्रबारको दिनहोटेल याक एण्डयतीमा सम्पन्न भएको हो ।  ।


हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’अन्तर्गत देशभरी रहेका ३१,००० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थीक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्यसम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २७९ जना सिटिजन लिडरहरु, उत्कृष्ट ५ सिनियर एजेन्सी मेनेजर, एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा ४०० सक्रिय सिटिजन लिडरहरुको उपस्थिती थियो । कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको समुपस्थितीमा कार्यक्रम भव्य र सव्य रुपमा भएको छ । 


कार्यक्रममा मुख्य अतिथिका रुपमा डा। सन्दुक रुइत को उपस्थिती थियो । आफ्नो जिवनका भोगाइहरु व्यक्तगर्दै उहाँले आफुले मन देखी चाहेको खण्डमा केहि कुरा पनि असम्भव छैन भन्ने कुरामा जोड दिदैँअझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरुलाई प्रेरित गरे । 

सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई  पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताउदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए ।  उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरे । 

समापनको अवसरमा अध्यक्ष प्रदिपजङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पुरुयाउन प्रत्यक्षअप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरुस ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्र्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्षकर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दैथपउत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।


Share this with your friends: