सिद्धार्थ इन्स्योरेन्समा रोजगारको अवसर

2021-09-16
सिद्धार्थ इन्स्योरेन्समा रोजगारको अवसर

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले देशका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । 

कम्पनीले कर्णाली प्रदेशको सुर्खेत शाखा कार्यालय, लुम्बिनी प्रदश अन्तर्गत बुटवल कार्यालय र सुदुरपश्चिम प्रदशे अन्तर्गत धनगढी कार्यालयका लागि अफिसर र सिनियर मार्केटिङ अफिसर माग गरेको छ ।

त्यस्तै विराटनगर, विरगंज, नारायणघाट, पोखरा,भैरहवा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयहरुको क्लेम विभागका लागि एक–एक जना असिस्टेन्ट र सिनियर असिस्टेन्ट माग गरेको छ । 

कम्पनीले माथि उल्लेखित शाखा कार्यालयहरुसहित काठमाण्डौ उपत्यका र बाहिरका शाखा कार्यालयहरुमा मार्केटिङ र प्रशासनमा सिनियर र जुनियर पदमा समेत कर्मचारी माग गरेको छ । 

इच्छुक आवेदकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । 


Share this with your friends: