सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग

2021-09-22
सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका कमलादीस्थित जोन्ता क्लब काठमाण्डौ नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत रु। ४ लाख ९७ हजार २०० आर्थिक सहयोग प्रदान गरेको छ।

उक्त रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्ता क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका छन्। बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिलाविरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्नेछ। 

यसका साथै विभिन्न सामाजिक सञ्जालमा उक्त भिडियोको प्रवर्द्धन गरी महिला हिंसाविरुद्ध आवाज उठाउन प्रोत्साहन गर्ने उद्देश्य जोन्ता क्लबको रहेको छ। समाजमा भइरहेका भेदभाव, अत्याचार तथा हिंसाविरुद्धमा आवाज उठाउनेलगायत महिलाको हक अधिकारका लागि कार्यहरु गर्दै आइरहेको संस्था जोन्ता क्लबलाई बैंकले पुर्याएको यस सहयोगबाट महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।


Share this with your friends: