स्वावलम्बन लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-10-08
स्वावलम्बन लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकमले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस गरी कुल २५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ९४ करोड ३० लाख रुपैयाँको १९ प्रतिशतले हुन आउने १७ लाख ७१ हजार ७ सय कित्ता बोनस सेयर र ६ प्रतिशतले हुने आउने ५ करोड ६५ लाख ८० हजार रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: