स्विस रिलाई उछिन्दै म्यूनिख रि बन्यो विश्वको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी

2021-09-03
स्विस रिलाई उछिन्दै म्यूनिख रि बन्यो विश्वको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी

काठमाण्डौ । म्यूनिख रि विश्वको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ। स्विस रिलाई पछि पार्दै म्यूनिख रिले विश्वको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्ने सफलता हात पारेको हो। 

एएम वेष्टले प्रकाशित गरेको वार्षिक सूचीअनुसार सन् २०२० मा विश्वका शीर्ष ५० पुनर्बीमा समूहमा म्यूनिख  रिल अग्रस्थानमा पुगेको हो। म्यूनिख रि यसअघि सन् २०१७ मा शीर्ष स्थानमा रहेको थियो। 

लगातार दुई वर्ष शीर्ष स्थानमा रहेको स्विस रि भने एक स्थान तल झर्दै दोस्रो स्थानमा पुगेको छ। एएम वेष्टले पुनर्बीमा बीमाशुल्क आर्जनका आधारमा विश्वका शीर्ष ५० पुनर्बीमा कम्पनीहरुको सूची तयार पार्ने गरेको छ। आफ्नो वार्षिक सूचीलाई थप सटीक बनाउनका लागि एएम वेष्टले यो वर्षको विश्लेषणमा प्राथमिक बीमाशुल्क आर्जन हटाई एक वर्षको पुनर्बीमा बीमाशुल्क मात्रै समावेश गरेको छ। 

यसअघिका र्याकिंङहरुमा प्राथमिक बीमाशुल्क पनि समावेश गर्ने गरिन्थ्यो। जुन पुनर्बीमकहरुको कुल बीमाशुल्कभन्दा २५ प्रतिशत कम हुने गर्दथ्यो। विश्लेषणमा गरिएको यो परिवर्तनले म्यूनिख रिको र्यांकिङमा बदलाब आएको एएम वेष्टले जनाएको छ। 

विश्वको अग्रेणी पुनर्बीमकका रुपमा रहेका म्यूनिख रि र स्विस रिले सन् २०२० मा विश्वका शीर्ष ५० बीमाशुल्क आर्जनको २५.६ प्रतिशत हिस्सा ओगटेको एएम वेष्टले जनाएको छ। जुन सन् २०१९ मा यी दुई पुनर्बीमकहरुले एकिकृत रुपमा ओगटेको २७.७ प्रतिशत हिस्साभन्दा केहि कम हो। 

एएम वेष्टका अनुसार बीमाशुल्क आर्जनका आधारमा विश्वका शीर्ष १० पुनर्बीमकहरुमा, म्यूनिख रि, स्विस रि, हानओभर रि, स्कोर, वर्कशायर हाथवे, चाइना रिइन्स्योरेन्स(गुप्र)कर्प, लोयड, क्यानडा लाइफ रिइन्स्योरेन्स, रिइन्स्योरेन्स गुप्र अफ अमेरिका र कोरियन रिइन्स्योरेन्स कम्पनी रहेका छन्। 

 


Share this with your friends: