हिमालयन उर्जा विकास कम्पनीद्वारा दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

2021-10-08
हिमालयन उर्जा विकास कम्पनीद्वारा दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले २० औँ र २१ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी कात्तिक २४ गते बुधबारका दिन काठमाण्डौ तीनकुनेमा रहेको सिद्धार्थ कटेज रेष्टुरेन्ट एण्ड बारको सभाकक्षमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष  २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । 

यस्तै लेखापरीक्षकको नियुक्तीसहित आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८÷७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।   

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक ९ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: