थाइल्यान्डका बीमकहरुले कोरोना बीमाबापत ३०० मिलियन डलर दाबी भुक्तानी गर्नसक्ने प्रक्ष्येपण

2021-08-22
थाइल्यान्डका बीमकहरुले कोरोना बीमाबापत ३०० मिलियन डलर दाबी भुक्तानी गर्नसक्ने प्रक्ष्येपण

काठमाण्डौ । थाइल्यान्डका बीमकहरुले कोरोना बीमाबापत १० बिलियन थाई भाट(३०० मिलियन अमेरिकी डलर) दाबी भुक्तानी गर्नुपर्ने अनुमान गरिएको छ। थाइल्यान्ड जनरल इन्स्योरेन्स एसोसियसनका अध्यक्ष एनोन भाङभासुले यस्तो बताएका हुन्। 

यसका साथै उनले थाइल्यान्डमा कोरोना बीमाबापतको दाबी भुक्तानीमा वृद्धि भईरहेको बताएका छन्। यो वर्षको सुरुवाति पहिलो सात महिनामा थाइल्यान्डका बीमकहरुले ४ बिलियन थाइभाट बराबरको कोरोना बीमा दाबी भुक्तानी गरेका छन्। 

यो महिनाको अन्त्यसम्म यो रकम ८ बिलियन भाट पुग्ने प्रक्ष्येपण गरिएको छ। अहिले थाइल्यान्डमा दैनिक सरदर १७०० देखि १८०० जनामा कोरोना संक्रमण देखिईरहेको छ। यो संख्या इन्स्योरेन्स कभरेजको आधारमा १० प्रतिशत हुन आउँछ। 

कोरोना महामारी सुरु भएको गत वर्ष कोरोना बीमालेख जारी गरेका थाइल्यान्डका बीमा कम्पनीहरु नाफामा रहेका थिए। तर यो वर्ष भने कोरोना संक्रमण बढेसँगै दाबी संख्यामा पनि वृद्धि भएको छ। जसका कारण बीमा कम्पनीहरुले घाटाको सामना गरिरहनु परिरहेको जनाइएको छ। 

 


Share this with your friends: