‘मिसनःइम्पोसिबल सेभेन’ निर्माता कम्पनीद्वारा बीमा कम्पनीबिरुद्ध मुद्धा दायर

2021-09-06
‘मिसनःइम्पोसिबल सेभेन’ निर्माता कम्पनीद्वारा बीमा कम्पनीबिरुद्ध मुद्धा दायर

काठमाण्डौ । हलिउड चलचित्र निर्माता कम्पनी पारामाउन्ट पिक्चर्स कर्पले ‘मिसनःइम्पोसिबल सेभेन’ चलचित्र निर्माणमा कोरोना महामारीका कारण भएको ढिलाई र अवरोध सम्बन्धि दाबी भुक्तानी नगरेको भन्दै अमेरिकाको फेडरल इन्स्योरेन्स कम्पनी चुब लिमिटेडका विरुद्ध मुद्रा दायर गरेको छ। मिसन इम्पोसिबल हलिउडका चर्चित नायक टम क्रुजले निर्माण गरेको ब्लकबस्टर फिल्म सिरिज हो। 

लस एन्जेलस फेडरल कोर्टमा दायर गरिएको मुद्धामा फेडरल इन्स्योरेन्स कम्पनीले पारामाउन्टलाई १०० डलरबराबरको घाटा व्यहोर्ने इन्स्योरेन्स प्याकेज बिक्री गरेको उल्लेख गरिएको छ। यो प्याकेजअन्तगर्त कास्ट सदस्यहरु चलचित्रको निर्मांणमा सहभागी हुन नपाउदा र कुनै कारणवस चलचित्र निर्माणमा हुने ढिलासुस्तीका कारण हुने घाटाहरु कभर गर्ने सहमति भएको उल्लेख गरिएको छ। 

‘पारामाउन्टको घाटाहरु बीमा योजनाले निर्धारण गरेको सीमाभित्रै छन्। तर कम्पनीले बीमा योजनाअन्तर्गत घाटाका लागि पूरा रकम भुक्तानीको माग राख्दा फेडरल इन्स्योरेन्सले अस्विकार गर्यो। ’ कम्पनीले अदालतमा दायर गरेको मुद्धामा भनिएको छ। 

मिसन इम्पोसिबल सेभेनको छायांकन सन् २०२० फेबु्रअरी २४ मा इटलीको भेनिसमा सुरु गर्ने योजना थियो। तर कम्पनीका अनुसार सुटिङ सदस्यका एक जना बिरामी भएपछि छायांकन सुरु हुनुभन्दा तीन दिनअघि छायांकन रोकिएको थियो। 

त्यसपश्चात फिल्मको छायांकन पुनःमार्च २०२० मा रोममा गरिने तय भएको थियो। तर कोरोना महामारीका कारण इटली सरकारले क्वारेन्टिनको व्यवस्था लागू गरेपछि चलचित्रको छायांकन पुनः रोकिएको थियो। क्रु सदस्यहरुमा देखिएको कोरोना संक्रमण र इटली, बेलायत र अबुधाबीमा लगाइएको निषेधाज्ञाहरुका कारण सन् २०२० अक्टोबर देखि २०२१ जुन महिनासम्म चलिचित्रको छायांकन सातपटक रोकिएको कम्पनीले जनाएको छ। 
पारामाउन्टका अनुसार फेडरल इन्स्योरेन्सले बीरामीका कारण भएको घाटाका लागि सन् २०२० फेबु्रअरीमा ५ मिलियन डलर दाबी भुक्तानी गरेको र बाँकी रकम भुक्तानी गर्न अस्विकार गरेको थियो।   

 


Share this with your friends: