माछापुच्छ्रे बैंक २२ औँ वर्षमा प्रवेश

2021-10-03
माछापुच्छ्रे बैंक २२ औँ वर्षमा प्रवेश

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ। 

वार्षिकोत्सवका अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्षभन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ। 
यसअघि नै बैंकले वार्षिकोत्सवका उपलक्ष्यमा ल्याएको  आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ। 

जसअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा ई९कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक रु। २१० सम्म र अफर अवधि भर अधिकतम रु। २१०० सम्मको  क्यास ब्याक पाउन सक्नेछन्। क्यास ब्याकको अतिरिक्त ग्राहकलाई दैनिक आकर्षक उपहार पनि प्रदान गरिरहेको छ। 

डेबिट र  क्रेडिट कार्ड बाहेक बैंकको मोबाइल बैंकिङबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहक मध्येबाट एकजनाले मेगा बम्पर उपहारस्वरुप फोनपेका तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

यसका साथै बैंकको २१ वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहक, सेयरधनी, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तकमा बैंकले हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


Share this with your friends: