स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा लाभांस प्रस्ताव

2021-10-05
स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको आज(असोज १९ गते बसेको ४१७ औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांस गरी कुल १३.०६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  

 


Share this with your friends: