मध्यभोटकोशी जलविद्युतको आईपीओमा आजदेखि आवेदन दिन सकिने

2021-10-06
मध्यभोटकोशी जलविद्युतको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडले आज(असोज २० गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ९० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । 

निष्कासन गरिएको सेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता म्युचुअल फन्डका लागि सुरक्षित राखि बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ३ गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत वैशाख ५ गते अनुमति पाएको थियो। बोर्डले कम्पनीलाई १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको थियो।

जसमध्ये कम्पनीले पहिलो चरणअन्तर्गत गत साउन ५ गतेदेखि २२ गतेसम्म आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि ६० लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ । 


Share this with your friends: